गृहमन्त्री लेखक मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् । शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले भने, ‘यो परियोजना हाम्रो लागि राम्रो यो । यो परियोजना समयमै सम्पन्न हुने छ भन्ने विश्वास छ ।’ समयमा योजना सम्पन्न गर्ने र गुणस्तरीय बनाउने कुरामा निर्माण कम्पनी सजक रहेको उनले बताए ।
‘परियोजना समयमै सम्पन्न गर्ने कुरामा जानू होला । हाम्रो तर्फबाट कुनै समस्या हुँदैन । स्थानीय र केन्द्रीय सरकारबाट कुनै कमी कमजोरी हुँदैनौँ,’ गृहमन्त्री लेखकले भने ।
यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए । ‘भारतको सबैभन्दा ठुलो अनुदानको परियोजना हो । यो समयमै सम्पन्न हुन्छ । यसको दूतावासले निरन्तरता निगरानी गरिरहेको छ । १०–११ महिनामा यो काम सम्पन्न गर्नुपर्छ । यो परियोजना समयमै सम्पन्न हुनु भारत र नेपालका लागि राम्रो हुन्छ,’ उनले भने । Ratopati



