२ श्रावण २०८३, शनिबार

बित्तिय अपराध हेर्ने ब्युरो गठन गर्दैछ प्रहरी, यहाँसम्म पुग्यो गृहकार्य

एसीपी संवाददाता

२ भाद्र २०८१, आईतवार ११:१९ मा प्रकाशित

काठमाडौं– नेपालमा बित्तिय अपराध बढेसँगै नेपाल प्रहरीले त्यस्तो अनुसन्धानका लागि अलग ब्युरो स्थापनाको गृहकार्यलाई तिव्रताका साथ अगाडि बढाएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बित्तिय अपराध अनुसन्धान अन्तर्गत सहकारी ठगी, बैंक ठगी, बैंकिङ कसुरका अनेक प्रकारान्तरका मुद्दा, चेक बाउन्सलगायत पर्दछन्। अहिले यस्ता मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान महाशाखा (क्राइम डिभिजन) र कतिपय अवस्थामा प्रहरीका अन्य इकाईले पनि हेर्दै आएका छन्।

यस्ता मुद्दाको चाप बढेपछि अलग ब्युरो स्थापना गरी यसमाथि मात्र अनुसन्धानको दायरा फराकिलो तथा छिटो गर्नेृ तयारी अनुसार १३७ जनाको जनशक्तिसहितको प्रारम्भिक प्रस्ताव गरिएको स्रोतले जनाएको छ।

बित्तिय अपराधको चाप बढेपछि प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरले अलग ब्युरो गठन गर्ने घोषणा गरेका थिए। सोहीअनुसार काम अघि बढिरहेको बताइन्छ।

‘पीडितले छरितो हिसाबमा न्याय पाउनेगरी प्रहरीले अलग ब्युरो गठन गर्न लागेको हो। यसले प्रहरीको अनुसन्धानको गति पनि झन्झटिलो हुनेछैन’, प्रधान कार्यालय स्रोतले भन्यो,‘त्यसै हिसाबमा केन्द्रित भएर काम हुनेछ।’

यसअघि तत्कालिन आईजी सर्वेन्द्र खनालका पालामा विभिन्न ब्युरो गठन गरी अलग अनुसन्धानको दायरा बढाइएको थियो। नेपालमा बढेको साइबर अपराध अनुसन्धानका लागि ‘साइबर ब्युरो’, मानव बेचबिखनका निम्ति ‘मानव बेचबिखन अनुसन्धान ब्युरो’ गठन भएको थियो।

अहिले ति अलग ब्युरोले फरक तरिकाले काम गरिरहेका छन्। यसैगरी बित्तिय अपराध अनुसन्धानका निम्ति पनि अलग ब्युरो सीआईबीको मातहत रहनेगरी गठन हुन सक्ने बताइन्छ।  सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x