२ श्रावण २०८३, शनिबार

चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत

एसीपी संवाददाता

२ भाद्र २०८१, आईतवार १२:४३ मा प्रकाशित

चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्यांकले देखाएको छ, जुन यस वर्षकै सबैभन्दा उच्च हो। राष्ट्रिय तथ्यांक विभागको तथ्यांकअनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरूको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो।

युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरूमध्ये एउटा हो। एनबिएसले सार्वजनिक गरेको तथ्यांकअनुसार देशमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ।

यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई ‘शीर्ष प्राथमिकता’ राखेर अगाडि बढ्नुपर्ने बताएका छन्। जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ। रासस/एएफपी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x