२ श्रावण २०८३, शनिबार

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री कुर्मीलाई काँग्रेस बैजनाथ गाउँपालिकाको सम्मान

एसीपी संवाददाता

२ भाद्र २०८१, आईतवार १९:२८ मा प्रकाशित

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीलाई नेपाली काँग्रेस बैजनाथ गाउँपालिका बाँकेले सम्मान गरेको छ ।

काँग्रेस बैजनाथ गाउँपालिकाले आइतबार एक कार्यक्रम गर्दै लुम्बिनी प्रदेश सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री कुर्मीलाई सम्मान गरेको हो ।

काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य किशोरी सिंह राठौरको बिशेष उपस्थितिमा भएको सो कार्यक्रममा महासमिति सदस्य, जिल्ला उपसभापति, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला राकायालगायतको उपस्थितिमा सम्मान गरिएको थियो ।

काँग्रेस बैजनाथ अध्यक्ष देवबहादुर केसीको अध्यक्षतामा भएको सम्मान कार्यक्रम सचिव कृष्ण कुवँरले सञ्चालन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x