२ श्रावण २०८३, शनिबार

रुसको महत्वपूर्ण रणनीतिक अर्को पुल ध्वस्त गरेको युक्रनेको दाबी

एसीपी संवाददाता

४ भाद्र २०८१, मंगलवार १०:०८ मा प्रकाशित

काठमाडौं । लगातार रुसी भूमिमा आक्रमण गरिरहेको युक्रेनले रणनीतिक रूपमा महत्वपूर्ण मानिएको अर्को पुल ध्वस्त पारिदिएको छ । युक्रेनी वायु सेनाका जर्नेलले एक भिडियो सार्वजनिक गर्दै रूसको कुस्र्क क्षेत्रमा रहेको पुल नस्ट गरेको बताएका छन् ।

युक्रेनी सेनाले विगत दुई हप्तादेखि रुसी भूमिमा लगातार आक्रमण गरिरहेको छ । दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा पहिलोपटक कुनै विदेशी सेना घुसेको यो पहिलो घटना हो ।

बीबीसीका अनुसार रुसको ज्वानोएस्थ्ति सेयम नदीमाथि बनेको पुलमा युक्रेसी वायु सेनाले आक्रमण गरेको हो । यो आक्रमण कहिले गरियो भन्नेबारे भने केही खुलाइएको छैन । यसअघि पनि युक्रेनले रुसको एक पुल ध्वस्त बनाएको थियो । युक्रेनी सेनाले यसरी ध्वस्त पार्नुपर्ने तीनवटा पुलको पहिचान गरेको र त्यसमध्ये २ पुल ध्वस्त बनाइएको दाबी छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x