२ श्रावण २०८३, शनिबार

नारायणगढ-मुग्लिन सडकखण्डमा बसमाथि ढुङ्गा खस्दा १९ जना घाइते

एसीपी संवाददाता

७ भाद्र २०८१, शुक्रबार १६:५२ मा प्रकाशित

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको बसमा भरतपुर महानगरपालिका २९ सत्रकिलोमा शुक्रबार दिउँसो ढुङ्गा लागेको हो ।

ढुङ्गा लागेपछि बस सडकमा पल्टिँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ । घाइतेहरुको पहिचान खुल्न सकेको छैन । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x