पाकिस्तानले अफगान शरणार्थीहरुलाई दोश्रो चरणको स्वदेश फिर्ता कार्यक्रम चाँडै सुरु गर्ने
एजेन्सी । पाकिस्ताबाट अफगान शरणार्थीहरुको स्वदेश फिर्ताको दोश्रो चरणको चाँडै हुने जनाइएको छ ।
पकिस्तानको आन्तरिक मन्त्री मोहसिन नक्वीले दोश्रो चरण अन्तर्गत अफगान शरणार्थीहरुको स्वदेश फिर्ता कार्यक्रम र उनीहरुको पुनस्र्थापनामा संयुक्त राष्ट्र र अन्तरराष्ट्रिय समुदायको भुमिका महत्वपूर्ण हुने जनाएको हो ।
अफगानिस्तानको लागि विशेष प्रतिनिधि इन्द्रिका रतवाटेको नेतृवमा रहेका संयुक्त राष्ट्र संघको प्रनितिधि मण्डल संग बुधवारको भेटमा पाकिस्तानको अन्तरिक मन्त्री नक्वीले दशकौं देखि अफगान शरणार्थीहरुलाई होस्ट गर्दै आएको र अबैध विदेशीहरुको चरणबद्ध रुपमा स्वदेश फिर्ता सुरु भईसकेको बताए ।
गृह मन्त्रालयमा संयुक्त राष्ट्र संघको प्रतिनिधिमण्डललाई स्वागत गर्ने नक्वीले अफगान शरणार्थीहरूलाई स्वदेश फिर्ता गर्ने दोस्रो चरण छिट्टै सुरु गरिने पाकिस्तानी गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
श्रोतः पीटीआई



