२ श्रावण २०८३, शनिबार

हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो

एसीपी संवाददाता

१६ भाद्र २०८१, आईतवार १७:३० मा प्रकाशित

काठमाडौँ । इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ । एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शवहरू भेटिएको बताएको छ ।

आईडीएफका अनुसार मारिएका बन्धकहरूको नाम कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग-पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सर्जेन्ट ओरी डानिनो रहेको छ ।

मारिएका बन्धकहरूमध्ये अमेरिकी नागरिकको मृत्युप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू निराश र आक्रोशित भएको बताएका छन् । ती सबैलाई हमासले अक्टोबर ७, २०२३ मा बन्धक बनाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x