२ श्रावण २०८३, शनिबार

कृष्णनगरमा चरेससहित भारतीय नाेट बरामद , दुई जना नियन्त्रणमा

एसीपी संवाददाता

५ आश्विन २०८१, शनिबार ०८:३७ मा प्रकाशित

कपिलवस्तुमा लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ परेका छन ।

जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बाट यात्रीगेट बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले लागु औषध चरेस जस्तो देखिने एक किलो चार सय छ्यालिस ग्राम वस्तु सहित शिवराज नगरपालिका वडा नं १ चैनपुर बस्ने ६४ बर्षिय कलिसरा पुन पक्राउ परेकी हुन्।

सोही क्रममा प्रहरीले अनुसंधान गर्दै जादा चरेस जस्तो देखिने वस्तु भारतबाट खरिद गर्न आएका रूकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका वडा नं ७ बस्ने ४० बर्षिय भिमसेन खत्री भारतीय रुपयां एक लाख दश हजार सहित कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क बाट पक्राउ गरिएकाे जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्।

लागू ओैषधसहित पक्राउ परेका दुबै जना लाई जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप गरि अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

विगत केही दिन देखि लागू ओैषध विरुद्ध अभियानमा कृष्णनगर प्रहरीले नाइट्राजेपाम ४५ ट्याबलेट सहित एक जना , ६१० मिलिग्राम चरेससहित २ जना र चाेरि तथा लागू ओैषध कसुर सम्बन्धि मुद्दामा फरार २ जना पक्राउ गरि थुना पठाएकाे छ ।
खुला सिमानाका कारण कृष्णनगर र वरपर क्षेत्रलाई समेत लागू ओैषध ओसारपसारकाे केन्द्र बनाउन खाेजेकाहरु विरुद्ध नेपाल प्रहरी कडारुप मै प्रस्तुत हुँदै आएकाे प्रनि खत्रीकाे भनाई थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x