१ श्रावण २०८३, शुक्रबार

साउदीमा अलपत्र ४७ नेपालीलाई खाद्यान्न सहयोग

एसीपी संवाददाता

७ आश्विन २०८१, सोमबार १७:०१ मा प्रकाशित

साउदी : वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया आएर विभिन्न कारणले समस्यामा परेका ४७ जना पीडित नेपालीलाई  खाद्यान्न सहयोग भएको छ।

अन्तरसंस्था समन्वय समिति रियादका अध्यक्ष तथा व्यवसायी अमृत पौडेलले १ महिनाका लागि खाद्यान्न सहयोग गरेका हुन। अलपत्र परेका पीडित नेपालीहरू साउदी मार्बल एन्ड गिरनाईत कम्पनीमा विगत लामो समय देखि काम गर्दै आउने क्रममा सम्बन्धित कम्पनीले अनेक किसिमका समस्याहरू देखाउँदै काम गराई राख्ने तर १० महिना देखि समयमा तलव नदिने गरेको कुरा एक पीडितले बताए।

कम्पनीले समयमा आईडी कार्ड (अकामा) रिनुवल नगर्ने, तलव नदिने लगायत अन्य सेवा सुविधाको व्यवस्था नदिएको बताए। १८ महिना अघिदेखि सम्बन्धित कम्पनीले भनेको नसुनेपछि पीडितहरूले साउदीको कानुन बमोजिम तीन महिना भन्दा बढी तलब नदिएपछि मुद्दा दर्ता  गर्न पाउने भएको कारण उनीहरूले कम्पनीमाथि नै मुद्दा हालेका थिए र साउदी नियम अनुसार मुद्दा पनि जितेका थिए।

मुद्दा जितै लगत्तै सम्बन्धित वकिलले अहिले सम्म पाउनु पर्ने पारिश्रमिक रकम पीडितलाई नदिलाएको अर्का पीडितले भने। उनीहरू १८ महिनादेखि मुद्दा लड्दै आएका छन् भने हाल सम्बन्धित कम्पनीले खानाको पैसा समेत नदिएको अवस्था छ भने हाल पीडितहरू ४७ जना रहेका छन्।

उनीहरू खाद्यान्नको अभावमा रहेको जानकारी श्रम कन्सुलर देवेन्द्र कार्कीले अध्यक्ष अमृत पौड्याललाई जानकारी दिए लगत्तै उनले एक महिना बराबरको सहयोग गरेका हुन। पौडेलले क्यान्सर पीडितलाई १० हजार रुपैयाँ, बाल आश्रमलाई १० हजार , विपन्न परिवारलाई १० हजार तथा आवश्यक अनुसार अन्य गरि १ लाख रुपैयाँ सहयोग समेत गरेका छन्। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x