१ श्रावण २०८३, शुक्रबार

बीआरआई चिनियॅा ऋण जाल हो, हामीले सम्झौता गर्यौ भने चीनले हाम्रो सगरमाथा खाईदिन्छः डा. दिक्षित

एसीपी संवाददाता

११ आश्विन २०८१, शुक्रबार ०८:३८ मा प्रकाशित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई नेपालले ऋणमा लिन नहुने बताएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै बीआरआईअन्तर्गत भनेर चिनियाँ पक्षले भनिसकेको अवस्थामा अब नेपालले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए । उनले भने,‘पोखरा एयरपोर्ट त्यत्रो पैसा खर्च गरेर बनाए, आखिरमा त्यो थाहा छ तपाईंलाई ? हामीलाई भन्दाखेरि बीआरआई होईन यो त चाईनाको एड हो भन्थे । चिनियाँले त भनिदियो यो त लोन हो भनेर । हामीले त वर्षौसम्म करोडौं पैसा तिर्नुपरेको रहेछ । जबकी त्यो एयरपोर्ट सञ्चालनमा नै आएको छैन् । तीन दलका सरकारले हामीलाई कति झुक्याएको ? हामी त ऋणमा रहेछौं । पोखरा एयरपोर्ट नचलेको अवस्थामा पनि चीनलाई पैसा तिर्नुपरेको छ ।’ उनले बीआरआई कुनैपनि हालतमा लिन नहुने आफ्नो मत रहेको सुनाए ।

उनले भने,‘चीनको कर्तव्य छ कि उससँग हाम्रो मित्रताको आधारमा उसले हामीलाई अनुदान दिने हो । लोन दिने त कुरै आउँदैन् । हामी लोन तिर्न सक्दैनौं । हामीले चीनको एक चीन नीति मानेका छौं । हामी यहाँ दलाई लामाको जन्मोत्सव मनाउन दिएका छैनौं । चीनले भनेको सबै हामीले मान्ने ? अनि उसले चाहीँ हामीलाई त्यतिपनि सहुलियत नदिने ? बीआरआईमा उसले हामीलाई एड दिनुपर्छ । हामी नेपालले एक पैसाको पनि लोन लिनुहुँदैन् । सफ्ट लोनपनि लिन मिल्दैन् । हामीले ज्यान गएपनि बीआरआई लिन हुँदैन् ।” भारत सरकारले आफ्नो बजेट वक्तव्यमा नै नेपाललाई गर्ने सहयोग छुट्याएको स्मरण गर्दै चीनले नेपाललाई अनुदान दिन किन नहुने भन्दै प्रश्न उठाए ।

उनले भने,”इण्डियाले हामीलाई बजेटमा पैसा दिनुहुन्छ, अनि चीनले चाहीँ हामीलाई एउटा बीआरआईमा सहुलियत दिन नसक्ने ? के हो यो ? अनि हामी चाहीँ यही चाईना चाईना भनेर उफ्रिराखेका छौं । ओलीजी त्यही चाईना भन्नुहुन्थ्यो, प्रचण्डजी चाईना भन्थे । ईण्डियाले हामीलाई बजेटमै हाल्छ पैसा । चाईना चाहीँ बीआरआई ? हुँदाहुँदा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टपनि हामीलाई बीआरआईअन्तर्गत दिएको हो भनेर चीनले भनिसक्यो । त्यो त भन्न पाईन्न नि । हामीलाई भन्दाखेरि त्यो त एड थियो ।

बीआरआई कुनै हालतमा लिनुहुँदैन्, हामी डुब्छौं । हाम्रो उत्तरी भेग हामीले चीनसँग धरौटीमा राख्नुपर्ने हुन्छ । श्रीलंकामा भएको जस्तो हुन्छ । उनीहरुले चीनलाई बन्दरगहा नै दिनुपर्यो । हामीले माउन्ट एभरेष्ट सेभरेष्ट सबै दिनुपर्ने हुन्छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x