१ श्रावण २०८३, शुक्रबार

एसीपी संवाददाता

११ पुष २०८१, बिहीबार १३:४२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतबाट आफूलाई भ्रमणको निम्तो नआएको ‘ब्रिफिङ’ गरेका छन् । बुधवार बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक अवस्था र बाह्य सम्बन्धबारे ब्रिफिङ गर्दै ओलीले भारतबाट आफूलाई अहिलेसम्म भ्रमणको निम्तो आइनसकेको जानकारी गराएका हुन् ।

‘अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन । सम्भवतः छिटै आउँछ भन्ने विश्वास छ’, सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीन भ्रमणका क्रममा दुई देशबिच भएको बीआरआई सम्झौता नेपालको विकासका लागि दीर्घकालीन महत्वको हुने र त्यसबाट नेपालले विकासमा फड्को मार्न सक्ने बताएका थिए । यसअघि मङ्सिर २) गते चार दिने चीन भ्रमण पुरा गरेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा भारत भ्रमणको ‘एरेन्ज’ व्यवस्थापन गर्ने जवाफ दिएका थिए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x