१ श्रावण २०८३, शुक्रबार

एसीपी संवाददाता

२८ पुष २०८१, आईतवार १०:५८ मा प्रकाशित

सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार सीमामा पैदल गस्ती सुरु गरिएको हो । नरैनापुरको घोरदौरिया सीमा स्तम्भबाट सुरु भएको गस्ती भगवानपुर सीमास्तम्भ सम्ममा दैनिक रुपमा अनुगमन गरिँदै आएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दको  कमान्डमा १५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो ।

घोरदौरिया स्थिति सीमास्तम्भ ६३८/४ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर भगवानपुरमा पुगेर समापन गरिएको थियो । भारतसँग जोडिएको नरैनापुर बिओपिले ६३९/२० सिम स्तम्भको ८ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगमन र निरीक्षण गर्दै आएको प्रहरी नायब उपरिक्षक चन्दले जानकारी दिनुभयो ।

पैदल गस्तीमा सीमा स्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा स्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिँदै आएको बताउँदै प्रहरी नायब उपरिक्षक चन्दले भन्नुभयो, सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको जिकिर गर्नुभयो ।

प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकहरूसँग अन्तर्क्रियाबाट सकारात्मक सम्बन्ध र सामीप्ययता अभिवृद्धि गरी सीमा सुरक्षामा प्रभावकारिता बढाउन प्रहरी उपरीक्षक डाँगीले मातहतका निकायलाई निर्देशन दिएको बताउनुभयो ।

नरैनापुर बिओपिको निरीक्षण गर्दै प्रहरी उपरीक्षक डाँगीले सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेसहरूसमेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा इलाकामा बन्दोबस्तीका सामग्रीसहित परिचालन हुन निर्देशन दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x