१ श्रावण २०८३, शुक्रबार

अमेरिकी सर्वोच्च अदालतको फैसलाले आइतबारदेखि युएसभर टिकटक बन्द

एसीपी संवाददाता

५ माघ २०८१, शनिबार २२:४६ मा प्रकाशित

अमेरिकाको सर्वोच्च अदालतले TikTok Inc vs Garland मुद्दामा ऐतिहासिक फैसला गर्दै आइतबारदेखि टिकटकलाई अमेरिकामा पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। सर्वोच्च अदालतका नौ न्यायाधीशले टीकटकले स्वतन्त्र अभिव्यक्ति र व्यक्तिगत गोपनीयतामाथि गम्भीर खतरा पुर्‍याएको ठहर गर्दै प्रतिबन्धलाई वैधानिक ठहर दिएका हुन्।

टिकटक बन्दको पृष्ठभूमि

अप्रिल २४, २०२४:
अमेरिकी राष्ट्रपति जो बाइडेनले द टिकटक विधेयक मा हस्ताक्षर गरे। विधेयकमा चीनको टिकटक सञ्चालक कम्पनी बाइटडान्सलाई आफ्नो हिस्सेदारी अमेरिकी कम्पनीलाई बेच्न वा प्रतिबन्ध स्वीकार्न ६ महिनाको समय दिइएको थियो।

मे ७, २०२४:
टीकटकले यो निर्णयलाई स्वतन्त्रताको अधिकारमाथिको असाधारण आक्रमण भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गर्‍यो।

अगस्ट २, २०२४:
अमेरिकी सरकारले टिकटकमाथि बालबालिकाको डेटा अवैध रूपमा सङ्कलन गरेको आरोप लगाउँदै अर्को मुद्दा दायर गर्‍यो।

निर्णायक फैसलाका कदमहरू

डिसेम्बर ६, २०२४:
संघीय पुनरावेदन अदालतले टिकटकको प्रतिबन्धविरुद्धको दाबीलाई अस्वीकार गर्दै २०२५ देखि अमेरिकामा टिकटकको बिक्री र प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गर्‍यो।

डिसेम्बर २७, २०२४:
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतलाई यो प्रतिबन्ध तत्काल लागू गर्न ढिलाइ नगर्न आग्रह गरे।

जनवरी १७, २०२५:
सर्वोच्च अदालतले टिकटकको प्रतिबन्ध वैधानिक भएको फैसला गर्दै भने,

“टीकटकले दाबी गरेजस्तो स्वतन्त्र अभिव्यक्ति र प्रतिबन्धबीच कुनै लेनदेन देखिँदैन। १७ करोड अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक सुरक्षित गर्न यो प्रतिबन्ध राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक छ।”

टिकटक बन्दको प्रभाव

सोही फैसलाअनुसार जनवरी १९, २०२५ देखि टिकटकलाई अमेरिकी भूभागमा कुनै पनि एप स्टोर वा होस्टिङ सेवा प्रदान गर्न प्रतिबन्ध लगाइएको छ।

नेपालमा टीकटक अझै खुला

नेपालमा टिकटकमाथि कुनै पनि प्रकारको प्रतिबन्ध लगाइएको छैन। तर, अमेरिकामा टिकटक बन्द भएसँगै यसले विश्वव्यापी रूपमा टिकटकको लोकप्रियतामा गम्भीर असर पर्ने अनुमान गरिएको छ।

 नेपालआजतकमा स्रोत: अमेरिकी सर्वोच्च अदालतको आधिकारिक निर्णय प्रकाशित

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x