सबै वैदेशिक अनुदान रोक्न ट्रम्पको आदेश
एजेन्सी = ९० दिनको समीक्षापछि थप निर्णय गरिने विदेश मन्त्रालयको भनाइ, यूएसएड र एमसीसीलगायतका कार्यक्रम पनि अन्योलमा 
•अमेरिकाले सन् २०२३ मा ६८ अर्ब अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहायता प्रदान गरेको थियो, १ सय ७६ देशलाई दिइएको उक्त रकममध्ये ८८ प्रतिशत आर्थिक सहयोग र १२ प्रतिशत सैन्य सहयोग थियो
•अमेरिकी अनुदानका आधारमा नेपाल १६ औं स्थानमा छ, अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा भएको पाँच वर्षे रणनीति सम्झौतामा ६५ करोड ९० लाख अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाा) अनुदान प्राप्त हुने उल्लेख छ
•नेपालमा पूर्वाधारसम्बन्धी कार्यक्रमका लागि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत ५५ करोड डलरको परियोजना सञ्चालनमा छ
•अमेरिकाबाट गत वर्ष सबैभन्दा बढी युक्रेनले १७ अर्ब १९ करोड र इजरायलले ३ अर्ब ३० करोड डलर अनुदान पाएका थिए । समाजिकसंजाल बाट



