३२ असार २०८३, बिहीबार

नेपालमा संघीयताका लागि दिएको रकम सुनाउँदै ट्रम्पले भनेः दिस इज फ्रड !

एसीपी संवाददाता

७ फाल्गुन २०८१, बुधबार १३:५२ मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले २ कराेड अमेरिकी डलर दिएकाे बताएका छन् । याे सहयाेगलाई उनले ठगीकाे संज्ञा दिए ।

एलन मस्कले नेतृत्व गरेकाे डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) को ले तयार गरेकाे दस्तावेजलाई ट्रम्पले सार्वजनिक गरेका हुन् । दस्तावेजमा विभिन्न देशहरुलाई अमेरिकाले विभिन्न शीर्षकमा गरेकाे सहयाेगकाे विवरण उल्लेख छ । नेपाललाई दुईवटा शीर्षकमा गरिएकाे सहयाेगलाई ट्रम्पले ठगीकाे संज्ञा दिएका हुन् ।

हालै सार्वजनिक भएको भिडिओमा ट्रम्पले नेपालको वित्तीय संघीयताको २ करोड अमेरिकी डलर तथा नेपालको जैविक संरक्षणको क्षेत्रमा १ करोड ९० लाख डलर  दिएकाे उल्खेख गरेका छन् ।

नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’ नेपाल प्रेस 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x