१६ भाद्र २०८३, मंगलवार

बलोचिस्तानमा ७२ घण्टा लामो ‘अपरेसन BAM’ सम्पन्न, पाकिस्तानी सेनामाथि भीषण आक्रमणको दाबी

एसीपी संवाददाता

३० असार २०८२, सोमबार १६:४५ मा प्रकाशित

इस्लामाबाद । बलोचिस्तान लिबरेशन फ्रन्ट (BLF) ले पाकिस्तानविरुद्ध सञ्चालन गरेको तीनदिने ‘अपरेसन BAM’ सम्पन्न भएको दाबी गरेको छ। जुलाई ९ देखि ११ सम्म चलेको यो कारबाहीमा पाकिस्तानी सेनाका ८४ ठेकानामा आक्रमण भएको र कम्तीमा ५० सैनिक मारिएका, ५१ भन्दा बढी घाइते भएको BLF ले जनाएको छ।

BLF का अनुसार यी आक्रमणहरूमा आइसिईडी विस्फोटदेखि रणनीतिक चेकपोस्टहरू कब्जा गर्ने र पाकिस्तानी सैन्य तथा खुफिया संयन्त्रहरूलाई लक्षित गर्ने काम भएको छ। मकरान, रेखशान, कोलवा, सरावन, झालावान, कोह-ए-सुलेमान, बेला र कच्छी क्षेत्रसम्म फैलिएको कारबाहीमा पाकिस्तानी मिलिट्री इन्टेलिजेन्स (MI) र ISI का ९ एजेन्ट मारिएको दाबी समेत गरिएको छ।

BLF का अनुसार यो अपरेसनमा ७ वटा मोबाइल टावर ध्वस्त पारिएको, २४ खनिज ट्रक र ग्यास ट्यांकर जलाइएको, र पाकिस्तानी निगरानी प्रणालीका पाँचभन्दा बढी ड्रोन र क्वाडकप्टर खसालिएको छ। ३० भन्दा बढी सीधा आक्रमण सेना र सीमा सुरक्षा बलमाथि, २ हमला खुफिया एजेन्सीमाथि, ४ घात हान्ने शैलीमा र कस्टम तथा कोस्ट गार्ड, लेभी चेकपोस्ट र प्रहरी चौकीहरूमा समेत आक्रमण गरिएको दाबी BLF ले गरेको छ।

BLF ले यस अभियानलाई बलोच जनताको “औपनिवेशिक शोषण” विरुद्धको विद्रोह भन्दै पाकिस्तानमाथि आरोप लगाएको छ कि सेना र राज्यले बलोचिस्तानको प्राकृतिक स्रोतहरू लुट्दै आएको छ। “अब पाकिस्तान बलोचिस्तानको धन लुट्न सक्दैन, बलोच राष्ट्र विभाजनकारी नारा र झुटा लोकतन्त्रको भ्रममा नफस्नेछ,” BLF ले विज्ञप्तिमा उल्लेख गरेको छ।

पाकिस्तानी सेनाले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन, तर बलोचिस्तानमा जारी द्वन्द्व अझ उग्र बन्दै गएको प्रष्ट देखिएको छ, जसले केवल सुरक्षा संकट मात्र होइन, दक्षिण एसियाली राजनीतिक परिदृश्यमै असर पार्न सक्ने संकेत देखाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x