१५ भाद्र २०८३, सोमबार

ए वी एस डेयरी का सीएमडी सिंहको जन्म दिवसको अवसरमा बृक्षारोपण

एसीपी संवाददाता

१ श्रावण २०८२, बुधबार २२:१२ मा प्रकाशित

भारतमा अहिले पर्यावरण बारेमा जागरुकता अभियान तिब्र बनेको छ । नयाँ दिल्लीमा रहेको  ए वी एस डेयरी का सीएमडी राजेंद्र सिंहको  जन्म दिवसको अवसरमा नेपाली र भारतीय समाजको टोलिले  बृक्षारोपण गरेको छ । सरकारको अभियानलाई  साथ दिनका निमित्त बृक्षारोपण  गरिएको हो । सो जन्मदिनको अवसरमा आज नेपाल भारत मैत्री संगठन का पदाधिकारिहरुले सफलता पुर्बक अभियानलाई सहयोग गर्दै बधाई दीदै सरकार को अभियान ( एक पेड़ माँ के नाम राष्ट्र को समर्पित ) अभियान अन्तरगत बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा सैकड़ो नेपाली युवा एवं महिलाहरुको उपस्थिति रहेको थियो ।
एवीएस डेयरी भारतीय र नेपाली भाषी समाजको समुहले दिल्लीमा संचालन गर्दै आएको छ । सम्पूर्ण सदस्यहरुको जीवन स्तर लाई सफल बनाउनमा यो डेयारीले महत्वपूर्ण योगदान दिरहेको छ । डेयरी ले गरेका उत्पादनको गुणवत्ता का बारेमा जागरूकता अभियान पनि संचालन गरेको छ ।
यस अवसरमा नेपाल भारत मैत्री संगठन का अंतरराष्ट्रीय अध्यक्ष डॉ अनूप कुमार सिंह एवं केंद्रीय सदस्य विष्णु सिंह लगायत ,देवीलाल सुनार , आरपी सिंह, एवं डेयरी का लीडर गोपाल क्षेत्री, मीना देवी,गणेश गाहा,टीका थापा  ,  ,नवीन,राजवीर, विजय कुमार,भीम,  रेशमा घर्ती  सहित , कर्मचारी अन्य मानिसहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x