१४ भाद्र २०८३, आईतवार

अमेरिकाको चेतावनीप्रति चीनले कडा रुख , दुई देश बिच आर्थिक द्वन्द

एसीपी संवाददाता

१६ श्रावण २०८२, बिहीबार १२:३० मा प्रकाशित

काठमाडौं । रूसबाट तेल खरिद जारी राखे उच्च कर लगाउने अमेरिकाको चेतावनीप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ ।

ट्यारिफ युद्धमा कसैको जित नहुने बताउँदै चीनको बिदेश मन्ता भन्यो, “चीनले सधैँ आफ्ना राष्ट्रिय हितअनुसार ऊर्जा आपूर्ति सुनिश्चित गर्नेछ । जबरजस्ती र दबाबको नीतिबाट केही हासिल हुँदैन । चीनले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकाससँग सम्बन्धित हितहरूको दृढतापूर्वक रक्षा गर्नेछ ।”

राष्ट्रिय हितअनुसार ऊर्जाबारे निर्णय लिइने मन्त्रालयले जनाएको छ ।

स्टकहोममा भएको व्यापार वार्ताका क्रममा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बेइजिङले प्रतिबन्धित रूसी तेल खरिद जारी राख्यो भने उच्च कर लगाउने चेतावनी पछि चीनले यस्तो बताएको हो । बेसेनटले  चिनियाँ पक्षलाई कंग्रेसमा नयाँ विधेयकले रूसी तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्म आयात शुल्क लगाउने अधिकार दिनसक्ने भन्दै धम्की दिएका थिए ।

चीनले इरानी तेल खरिद गरेको र रूसलाई १५ अर्ब डलरभन्दा बढीको प्रविधि बिक्री गरेकोमा अमेरिका असन्तुष्ट छ । अमेरिका र चीनको सम्बन्ध पहिलेदेखि नै व्यापार, सुरक्षा र प्रविधिका मुद्दाहरूमा तनावपूर्ण रहँदै आएको छ ।नेपालभ्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x