११ जेष्ठ २०८३, सोमबार

बंगलादेशमा हिन्दू युवक दासको हत्याको बिरोधमा नेपालगन्जमा ज्ञापन-पत्र

एसीपी संवाददाता

८ पुष २०८२, मंगलवार ०८:१३ मा प्रकाशित

विश्व हिन्दू परिषद नेपाल (बाँके) ले बंगलादेशमा हिन्दू अल्पसंख्यक ३० वर्षीय युवक दिपु चन्द्र दासलाई जिउँदै रुखमा झुण्ड्याएर जलाएर गरिएको क्रूर हत्याको घोर भर्त्सना गरेको छ।

उक्त घटनालाई अत्यन्त निन्दनीय ठहर गर्दै विश्व हिन्दू परिषद नेपाल (बाँके) ले पूर्ण न्यायको माग गर्दै बंगलादेश सरकारलाई कुटनीतिक दबाब सिर्जना गर्न तथा नेपालमा यस घटनाबाट देखापरेका राष्ट्रिय सुरक्षा चुनौतीहरूप्रति गम्भीर ध्यानाकर्षण गराउन बाँके जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्र बुझाउँदा जिल्ला प्रशासनले राम्रो प्रतिक्रिया दिएको विश्व हिन्दू परिषद नेपाल (बाँके) का प्रतिनिधिले बताए ।

यस घटनाको सम्बन्धमा परिषदकि कृष्ण देवी पाण्डेले भने, “बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि बढ्दो हिंसा चिन्ताजनक छ। नेपाल सरकारले पनि यसलाई गम्भीरतापूर्वक लिई अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ।”

यो घटना बंगलादेशको मयमनसिंह जिल्लामा भएको थियो, जसमा भीडले धार्मिक अपमानको आरोपमा युवकलाई कुटपिट गरी हत्या गरेर रुखमा झुण्ड्याएको र शरीरमा आगो लगाएको थियो। बंगलादेशको अन्तरिम सरकारले यसलाई निन्दा गर्दै केही अभियुक्तहरूलाई पक्राउ गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x