जसपा नेपाल का प्रभावसाली युवा नेता श्रावण कुमार यादव समानुपातिक उम्मेदवार
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बांके जिल्ला निर्वाचन क्षेत्र नम्बर 2बाट प्रतिनिधि सभा सदस्य समानुपातिक मधेशी तर्फका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा प्रभावशाली युवानेता श्रवण कुमार यादवको नाम सिफारिस कै आधारमा जसपा,नेपाल लुम्बिनी प्रदेश समिति समेत ले उहाको नाम १ नम्बर मै जसपा,नेपाल को केन्द्रिय कार्यसमिति मा सिफारिस गरेको छ।
बैठकमा पार्टीभित्रको संगठन सुदृढीकरण, स्थानीय स्तरमा पार्टीको प्रभाव, समावेशी प्रतिनिधित्व तथा युवाको भूमिकालाई प्राथमिकता दिने विषयमा छलफल भएको थियो।
सोही छलफलका आधारमा सक्रिय,लोकप्रिय र संगठनमा निरन्तर योगदान दिँदै आएका यादवलाई बांके लगायत लुम्बिनी प्रदेशका अधिकांश जिल्ला समेत मा प्रभाव पार्नसक्ने उद्देश्य ले नै उहालाई उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ।
युवा नेता यादव लामो समयदेखि जसपाको संगठन निर्माण,उत्पीडित वर्गको वकालत,उपेक्षित जनताको हक अधिकार,पहिचान को कुरा उठाउदै आएका यादव,मधेशी,मुस्लिम,दलित आदिवासी जनजाति,थारु,आपाङ्ग लगायत महिला तथा युवा सशक्तीकरण, सामाजिक न्याय र उत्पीडित समुदायका मुद्दामा सक्रिय रहँदै आएका छन्।
उनी स्थानीय स्तरमा जनसम्पर्कमा सक्रिय रहनुका साथै विभिन्न सामाजिक अभियान र पार्टीका आन्दोलनहरूमा अग्रपंक्तिमा देखिँदै आएका छन्। यस कारणले पनि पार्टीभित्र तथा स्थानीय कार्यकर्ता–समर्थकहरू माझ उनको नाम सिफारिसलाई सकारात्मक रूपमा लिइएको छ।
जसपा नेपालले यसपटकको निर्वाचनमा नयाँ अनुहार, युवा शक्तिको सहभागिता बढाउने रणनीति लिएको बताउँदै आएको छ। सोही रणनीतिअनुसार जसपा,नेपाल लुम्बिनी प्रदेश समितिबाट श्रवण कुमार यादवको नाम सिफारिस हुनु पार्टीको दीर्घकालीन राजनीतिक दृष्टिकोणसँग मेल खाने नेताहरूको भनाइ छ।
अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय समितिले आवश्यक प्रक्रिया पूरा गरेपछि लगाउने जनाइएको छ। नाम सिफारिसको खबरपछि गृह जिल्ला सहित जसपा,नेपालको पकड भएका कपिलवस्तु,रुपेन्देही,परासी समेत मा जसपा,नेपाल का कार्यकर्ता तथा समर्थकहरूमा उत्साह थपिएको देखिएको छ।



