११ भाद्र २०८३, बिहीबार
भारतको अयोध्यामा भएको प्रभु श्री रामलला प्राणप्रतिस्ठा को शुभ अवसरमा यस बर्ष पनि नेपालगन्ज नगरमा शोभायात्रा र्याली हुने
नेपालगन्ज – राष्ट्रिय सनातनी संघ एवम् समस्त सनातनी परिवार नेपालगन्ज, बाँकेको आयोजना मा छिमेकी देश भारतको अयोध्यामा भएको प्रभु श्री रामलला प्राणप्रतिष्ठा को शुभ अवसरमा दोस्रो वाषिक उत्सव हुने भएको छ ।
मिति २०८२ पौष १६ गते नेपालगन्ज नगर परिकमा र शोभा यात्रा कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । शोभायात्रा नेपालगन्ज १० रामलीला मैदान देखि प्रारम्भ हुने आयोजकले जनाएको हो ।
उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष श्री श्रीनिवासार्चाय जी महाराज र जिल्ला अध्यक्ष सौरब वर्मा लगायत सम्पुर्ण सनातनीहरु को उपस्थितीमा शोभायात्रा निकालिने बताईएको छ ।
आयोध्यामा भएको प्रभु श्री रामललाको प्राणप्रतिष्ठाका अवसरमा पौष १६ गते निकाल्ने शोभायात्राको तयारी पूरा भएको आयोजक राष्ट्रिय सनातनी संघ नेपालगन्ज बाँकेले जनाएको छ ।

Subscribe
Login
0 Comments


