१२ मंसिर २०८३, शुक्रबार

मुख्यमन्त्री राउतको नाम जोडिएको साइकल खरीदमा भ्रष्टाचार भएको पुष्टि, अख्तियारले अब अर्को कडा एक्सन लिने

एसीपी संवाददाता

२९ कार्तिक २०७८, सोमबार १३:४४ मा प्रकाशित

२९ गते कात्तिक २०७८ । जनकपुर – प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गतको साइकल खरीदमा भ्रष्टाचार भएको तथ्य बाहिर ल्याएको छ ।

छापा हानेर कागजात लाँदा पोल खोल्ने डरले संघीयता बदनाम गर्ने षडयन्त्र भनेर बरुक बरुक उफ्रेका मुख्यमन्त्री लालबाबु राउतको असली चहेरा पनि अख्तियारले बाहिर ल्याएको छ । साइकल खरीदमा राउत नै मुछिएका छन् । अब उनी भ्रष्टाचार कसुरमा जेल जाने सम्भावना बढेको छ ।

अनुसन्धानका क्रममा जनकपुर पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको बताएका छन् ।

उनकाअनुसार दोस्रो चरणको अनुसन्धान भइरहेको र त्यसपछि भ्रष्टाचार कसुरमा संलग्नहरु विरुद्ध मुद्दा दायर हुनेछ । साइकल खरीदमा नक्कली बिल बनाएर करोडौको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x