११ आश्विन २०८३, आईतवार

नेपाली काङ्ग्रेस बाँके जिल्ला अधिवेशनमा ( आज ) सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्दै

एसीपी संवाददाता

१३ मंसिर २०७८, सोमबार ०१:१४ मा प्रकाशित

१३ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतवरादेखि बाँके जिल्लाको निर्वाचन प्रक्रिया शुरु भएको छ । मतदाता नामावली प्रकाशन, मनोनयन फाराम वितरण गरिएको समितिका संयोजक एवम् जिल्ला निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए ।

आइतवार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गरी उम्मेदवारी फाराम वितरण गरिएको उनले बताए ।

आज सोमवार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्तासहित सोही दिन बेलुकासम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी मनोनयन सहितको निर्वाचन कार्यक्रम भने जिल्ला समन्वय समिति बाँकेमा गर्ने निर्वाचन परिचालन समितिले निर्णय गरेको छ ।

 

निर्वाचन कार्यक्रमअन्तर्गत मंसिर १४ गते मंगलबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x