मेडिकल माफिया दुर्गा प्रसाईँले आँखामा हालिदिए सारा नेपालीको आँखामा छारो, सुनको लौरो र राजकुमार दुवै नक्कली!
काठमाडौं । नेपाल भ्रमणमा आएका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम दुबईका असली राजकुमार नभएको खुलासा भएको छ। मेडिकल कलेज सञ्चालक तथा एमाले नेता दुर्गा प्रसाईँले दुबईका राजकुमार भन्दै प्रचार गरेका उनी त्यहाँका ‘क्राउन प्रिन्स’ अर्थात् राजकुमार पदमा नभएको खुलेको हो।
शनिबार बिहान उनी नेपाल आएदेखि नेपालका सबैजसो सञ्चारमाध्यमले ‘दुबईका राजकुमार नेपालमा’ भन्दै समाचार सम्प्रेषण गरिरहेका छन्। दुबईका राजकुमार काठमाडौं आएर झापा पुगेर विभिन्न गतिविधि गर्दाका समाचार मिडियामा छाइरहँदा परराष्ट्र मन्त्रालयसहित सुरक्षा निकायहरू बेखबर थिए।
त्यति मात्र होइन नेपालका लागि युएईका राजदूत शाहिद हमदान अलनक्बी समेत अहिले नेपालमा छैनन्। यस्तो अवस्थामा ‘दुबईका राजकुमार नेपालमा’ भन्दै आएको समाचारले परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू समेत झस्किए। कुनै समन्वय नै नगरी ‘राजकुमार जस्तो भीभीआईपी पदाधिकारी कसरी नेपाल आए’ भन्दै उनीहरू चकित परे।
साधारणतया कुनै पनि देशका राजकुमारलाई सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने तथा उच्च सुरक्षा व्यवस्था दिनुपर्ने हुन्छ। राजकुमारको स्वागतमा मन्त्री तहका व्यक्ति तथा उच्च अधिकारीहरू विमानस्थलमा पुग्नुपर्ने हुन्छ। तर, यी सबै व्यवस्था बिनै राजकुमार झापा पुगेको खबरले कूटनीतिक निकाय तथा सुरक्षा निकायमा केही समय खैलाबैला मच्चियो। अझै मेडिकल कलेज सञ्चालक प्रसाईँलाई सुनको लौरो उपहार दिएको समाचारले त विमानस्थलका भन्सार कार्यालयका अधिकारीहरू छाँगाबाट खसेझैँ भए। ‘भन्सारबाट पास नभई कसरी सुनको लौरो झापा पुग्यो’ भन्दै सुरक्षा निकाय समेत अचिम्मिच बन्यो।
तर, प्रसाईँलाई दिएको भनिएको सुनको लौरो नक्कली सुनको भएको पुष्टि भएको थियो। रहस्य खुल्दै जाने क्रममा फेरि थाहा भयो नक्कली सुनको लौरो दिन राजकुमार समेत सक्कली होइन रहेछन्। सातवटा इमिरेट्स मिलेर बनेको युएई अन्तरगतको दुबईमा शेख मोहम्मद बीन राशिद अल मकतूम राजा छन्। ७३ वर्षका उनी दुबईका राजा तथा यूएईका उपाध्यक्ष हुन्। सन् २००६ मा आफ्नो दाजु शेख मकतूमको मृत्यु पछि उनी राजा भएका हुन्। त्यहाँको राजकुमारलाई ‘क्राउन प्रिन्स’ भनिन्छ।
त्यहाँका राजकुमार अर्थात् ‘क्राउन प्रिन्स’ चाहिँ ‘हमदान बिन मोहम्मद बिन रसिद अल मकतूम’ हुन्। १४ नोभेम्बर १९८२ मा जन्मिएका उनले १ फेब्रुअरी २००८ मा पदभार ग्रहण गरेका हुन्। ४० वर्षका उनी अहिलेसम्म सो पदमा कायमै छन्। उनी नै त्यहाँका वास्तविक राजकुमार हुन्। दुबईको कानुनअनुसार हालका राजा शेख मोहम्मद बीन राशिद अल मकतूमको निधनपछि ‘क्राउन प्रिन्स’ हमदान बिन मोहम्मद बिन रसिद अल मकतूम नै त्यहाँका राजा बन्नेछन्। दुबईको राजकुमार नेपाल भ्रमणमा आएको भन्दै समाचारमा छाएका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम राजपरिवार निकटका एक सदस्य मात्र रहेको खुलेको छ। मिडिया डवलि



