२० बैशाख २०८३, आईतवार

इमरानले गरे इन्धनको मूल्यवृद्धिलाई लिएर पाकिस्तान सरकारको आलोचना

एसीपी संवाददाता

७ असार २०७९, मंगलवार ००:१८ मा प्रकाशित

एजेन्सी = इस्लामावाद – भारतको नाम लिँदै पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले फेरि पनि शेहबाज शरीफ सरकारको आलोचना गरे । पाकिस्तान संघीय सरकारले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले फेरि बढाएको छ ।

सरकारको आलोचना गर्दै, इमरानले पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले रूससँग ३० प्रतिशत सस्तो तेलको लागि गरेको सम्झौतालाई पछ्याएको छैन भन्ने आरोप लगाए । उनले भारतको प्रशंसा गर्दै अमेरिकाको रणनीतिक सहयोगीले रुसबाट सस्तो तेल खरिद गरेर इन्धनको मूल्य प्रतिलिटर २५ रुपैयाँ घटाएको बताए ।

देशले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २०५ र ३० रुपैयाँ वृद्धि गरेर विदेशी मालिकहरूसामु आयातित सरकारको अधीनताको मूल्य तिर्न थालेको छ । हाम्रो इतिहासमा एकैपटक सर्वाधिक धेरै मूल्यवृद्धि भएको छ भनी खानले आफ्नो ट्वीटमा आलोचना गरेका छन् ।

यसको विपरित, अमेरिकाको रणनीतिक सहयोगी भारतले रुसबाट सस्तो तेल खरिद गरेर इन्धनको मूल्य प्रतिलिटर २५ रुपैयाँले घटाउन सफल भएको छ। अब हाम्रो राष्ट्रले यो बदमाश सरकारको हातबाट अर्को ठूलो मुद्रास्फीति भोग्नेछ।” उनले अर्को ट्वीटमा भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x