१९ आश्विन २०८३, सोमबार

मन्त्री ‘अथक’को पहलः बाँके जिल्लामा १८७ आयोजनालाई बजेट

एसीपी संवाददाता

८ असार २०७९, बुधबार १७:५७ मा प्रकाशित

काठमाडौं । नेपालमा संघीय व्यवस्था लागू भएपनि त्यसको पालना पूर्ण रुपमा हुन अझै सकेको छैन । समानुपातिक तथा समावेशिताको सिद्धान्तलाई राज्यले अवलम्बन गरेपनि अझै अक्षरस पालना हुन सकेको छैन । गणतन्त्रात्मक राज्य व्यवस्थाका यी राम्रा अवयवहरुको यथोचित पालना नहुँदा समाजको विकास पनि समानुपातिक रुपमा हुन सकेको छैन । सिद्धान्तलाई सही ढंगले कार्यान्वयन नगराउँदाको अवस्थामा व्यक्तिगत पहल, पँहुच र प्रभावले काम गर्ने नेपाली अवस्था देखिन्छ ।  राज्यले पेश गर्ने नीति याेजना र यसको सेरोफेरोमा बन्ने बजेट विनियोजनको विषय सधैं चर्चाको विषय पनि बन्ने गरेको छ । तर अवस्थामा सुधार आएको छनै । बजेटकाे समानुपातिक वितरण हुन सकेकाे छैन । त्यसैले पनि संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो क्षेत्रमा बजेट पारेर जनतालाई विकासको प्रत्याभूति दिलाउन अतिरिक्त मेहनत गर्न जुट्ने गर्दछन् । कसैले आफ्नो पावर प्रयाेग गर्दछन्, कसैले पँहुचको प्रयोग गर्दछन् भने कतिपय जनप्रतिनिधिहरु सक्रिय भएर हरेक मन्त्रालयमा विकास आयोजनाका फाइल पुर्याउँदै पहल गर्ने गर्दछन् । त्यसरी विकासका लागि पहल गर्ने नेताहरु मध्येका एक हुन्, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ ।  संघीय सरकारले बजेट बनाउँदै गर्दा मन्त्री अथकका स्वकीय सचिव दिलिप सोनी मन्त्रालयमा भेटिँदैनथिए। खेलकुद मन्त्रीका पिए भएपनि उनी अन्य मन्त्रालय धाउनमै व्यस्त थिए । कारण थियो आफ्ना मन्त्रीको निर्वाचन क्षेत्रमा अन्य मन्त्रालयले विनियोजन गर्ने विकासका आयोजना र बजेट पार्नु ।  मन्त्री अथकको पहल र उनका पीए सोनीको दौडधुपका कारण आर्थिक वर्ष २०७९/८० मा बाँके जिल्लामा १ सय ८७ विकासका आयोजनामा बजेट परेको छ । जसमध्य सवैभन्दा धेरै खानेपानी मन्त्रालय अन्तर्गतका ५४ आयोजना परेका छन् । मन्त्री अथकले आफ्नै मन्त्रालयबाट भने आफ्नो जिल्लामा जम्मा ११ आयोजनामा बजेट हालेका छन् । उनको मन्त्रालयलाई अर्थमन्त्रालयले विनियोजन गरेको बजेट नै यसपाली घटेर आएको थियो ।  कुन मन्त्रालयबाट कति आयोजनाः भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत– ३८ खानेपानी– ५४ सङ्घीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय -१७ अन्तर सरकारी वित्त हस्तारण -८ उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय -८ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय -५ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय -६ भुमि व्यवस्था सहकारी  तथा गरिवी निवारण मन्त्रालय -४ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय -८ उर्जा जलस्रोत तथा संचाइ मन्त्रालय -१२  युवा तथा खेलकुद मन्त्रालय -११ शहरी विकास मन्त्रालय -१६  मन्त्रालयगत आयोजना र त्यसमा परेको बजेट विस्तृतमा हेर्नुस्ः  समाचारदैनिक बाट 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x