१२ मंसिर २०८३, शुक्रबार

गोरखामा पनि चीनले गर्यो सीमा अतिक्रमण

एसीपी संवाददाता

९ असार २०७९, बिहीबार २१:४२ मा प्रकाशित

काठमाडौं । कर्णालीको हुम्लामा सीमा मिचेको उत्तरी छिमेकी चीनले गोरखाको उत्तरी सीमामा पनि एकलौटी रुपमा सीमा अतिक्रमण गरेको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीनले नेपालसँग समन्वय नै नगरी तारबार लगाएर सीमा अतिक्रमण गरेको हो । चीनले सीमानामा नेपालको स्थानीय प्रशासनलाईसमेत जानकारी नदिएर संरचना बनाएपछि स्थानीयले विरोध जनाएका छन् ।

चीनले दशगजा क्षेत्रमै एकलौटी तारबार लगाएर सीमा अतिक्रमण गरेको बारेमा कुनै जानकारी नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । आफूहरुसँग समन्वय पनि नगरिएको उनको भनाइ छ ।

परराष्ट्र मन्त्रालयलाई समेत झुक्याएर चीनले दशगजासम्मै तारबार गरेर सीमा अतिक्रमण गरेको खुलेको छ । मन्त्रालयलाई रुई नाकामा दशगजाभन्दा पर तारबार गरिएको जानकारी गराए पनि त्यहाँ पुगेका कर्मचारी र स्थानीयले दशगजाभित्रै छिरेर तारबार गरेको यथार्थ बाहिर ल्याएका हुन् ।

स्थानीय छिरिङ लामाले रुइला नाकाको दशगजाभित्र आएर चिनियाँ पक्षबाट फलामे तारबार लगाएको बताए । दशगजा क्षेत्रमै चीनले तारबार लगाएपछि नेपाल–चीन आवतजावत पनि ठप्प भएको लामाले गुनासो गरे । तारबारले अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको उनको गुनासो छ ।

उनकाअनुसार यहाँ चीनले तारबार गरेर गेटमा भोटे ताल्चा लगाएको त्यहाँ पुगेका प्रत्यक्षदर्शी स्थानीयले जानकारी गराएका छन् । गेटमा ताल्चा लगाएर सीसीटीभी क्यामेराबाट निगरानी गरिरहेको र त्यहाँ जाने नेपालीलाई चिनियाँ सुरक्षाकर्मीले दुर्व्यवहार तथा ज्यादती गर्ने गरेको स्थानीयको गुनासो छ ।

यसअघि यहाँकै एक नाकामा एक जना बौद्ध भिक्षुलाई चिनियाँ सुरक्षाकर्मीले दुर्व्यवहार गरेर फर्काएपछि विवाद भएको थियो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x