नेपाली राजनीतिमा चिनियाँ चासोको रहस्य ?
बेइजिङ — चीनले नेपालसँग द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि मिलेर काम इच्छुक रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ जतिसक्दो चाँडो चीन आउने प्रतीक्षा गरिरहेको बताउँदै यस्तो बताएको हो । अहिले चिकै नेपालको हरेक कुरामा पत्रकार सम्मेलन गरि नेपालको विषय उठाउन थालेको छ । चीनले कहिले नेपालको सिमा मिचेको बिसय बाट हटाउने गरि अन्य राजनीतिक बिसयमा चासो लिने गरेको छ । नेपाली राजनीति निकै चासो राख्दा अमेरिकी योजना हरुको एमसीसी र एसपिपि बारेमा खुलेर बोल्नु भनेको नेपाली जनताले बुझ्न जरुरी छ । नेपालको राजनीतिमा यतिखेर चीनले किन धेरै चासो राखेको छ ।
परराष्ट्र प्रवक्ता चाउ ली च्येनले नवनियुक्त नेपाली राजदूतलाई स्वागत गर्न इच्छुक रहेको बताए । उनले नवनियुक्त राजदूतको आगमनसँगै विगतमा दुई देशका शीर्ष नेताहरूबीच भएका सहमति कार्यान्वयन हुने अपेक्षा गरेको बताए । उनले भने, ‘दुई देशका नेताहरूले गरेका महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक विश्वासलाई गहिरो बनाउन, आपसी हितकारी सहयोगको प्रवर्द्धन गर्न र द्विपक्षीय रणनीतिक सहयोगात्मक साझेदारी विकास गर्नका लागि नेपाली पक्षसँग मिलेर काम गर्न चीन इच्छुक छ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई अघिल्लो बिहीबार राजदूत नियुक्त गरेकी थिइन् । एक साताभित्र चीनले पनि नियुक्तिको समर्थन गर्दै सहकार्यको अपेक्षा प्रकट गरेको हो । पत्रकार सम्मेलनमा नेपालकी राष्ट्रपतिले भर्खरै चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका उम्मेदवारबारे चीनको टिप्पणी मागिएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।
माओवादी केन्द्रको कोटाबाट पठाइएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेकी थिइन् । यिइ भनाई लाई नेपाली जन्ताले दु:ख पाएको कुरा र कोरोनाको बहानामा अहिलेसम्म सिमा नाका सहज नगरेको चीन लाई नेपाल सरकारले कसरी कुरा उठाउनु पर्ने तर हम्रा नेता मौन पनि बस्ने गरेका छ्न । अझै कम्युनिस्ट पार्टी का नेता त सिमा कब्जा र नाकाबन्दी बारेमा बोल्न चाहन्न । किन र कहिले सम्म कम्युनिस्ट नेता मौन रहने नेपालीले सोच्न बाध्य भएका छ्न ।


