१२ मंसिर २०८३, शुक्रबार

काङ्ग्रेस सरकार हटाइ वाम एकता गराउदै

एसीपी संवाददाता

२७ असार २०७९, सोमबार १९:४६ मा प्रकाशित

माओवादी केन्द्रका पुष्प अध्यक्षसहित माओवादी नेताहरुसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओले नेपाली भूमिमार्फत चीनविरुद्ध गतिविधिप्रति चासो देखाएका छन् ।

अमेरिकी सक्रियताप्रति संकेत गर्दै लिउले नेपालले जुनसुकै मुलुकसँग पनि सहयोगात्मक सम्बन्ध राख्ने उल्लेख गर्दे त्यस्तो सहयोगमा नेपाललाई प्रयोग गरेर चीनविरुद्ध गतिविधि नहोस् भन्ने चासोमात्रै रहेको बताएका छन् ।

भेटलगत्तै सञ्चारकर्मीसँग वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लिउको भनाइ उद्धत गर्दै चिनियाँ चासोबारे जानकारी दिएका थिए । साथै भेटमा वाम गठबन्धनको विषयले प्रवेश पाएको थियो । तर, लिउले नेपालपका वामपन्थी दलहरू मिल्नुपर्ने धारणा औपचारिक रुपम नराखे पनि दलहरू मिल्दा नै देश विकास हुने सुनाएका थिए ।

लिउको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘नोपलमा कुनै पनि पार्टी आफ्नो बारेम आफैँ फैसला गर्ने कुरामा हामी सम्मान गर्छौं त्यसकारण यहाँ के गर्ने भन्नेमा तपाईहरू नै निर्णय गर्नुस् भन्नुभयो । हस्तक्षेप गर्न चाँहदैनौँ र रुची पनि राख्दैनौं भन्नुभयो ।’

त्यसैगरी, भेटमा चिनियाँ नेता लिउले नेपालका दलहरू राष्ट्रिय एकता, स्वाधिनता र सार्वभौमिकताको रक्षा गरेको प्रति सम्मान प्रकट गरेका थिए । साथै, लिउले चीनले विकास गर्नुको कारण पनि दलहरूबीच भएको एकता नै भएको बताएको छ ।

भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्‍याएका छन् । त्यसैगरी, प्रचण्डले चीनले नेपालको विकासमा गरेको सहयोगप्रति खुलेर प्रशंसा गर्नुका साथै, कोभिड १९ का कारण नेपाल फर्केका चीनमा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि पनि ध्यानकर्षण गराएका थिए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार नेपाल–चीनबीचको ब्यापार घाटा कम गर्ने विषयमा पनि चिनियाँ सहयोगको अपेक्षा गरिएको प्रचण्डले बताएका थिए । चिनियाँ नेताहरूले नेपालले वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा गरेको ढिलाइप्रति पनि चासो राखेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठका अनुसार चिनियाँ नेता लिउले नेपालको विकासको प्रक्रियामा चीनले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बीआरआई सम्झौताअनुसार नेपालले ठोस योजना छनोट गरेमा थप छलफल गर्न सकिने बताएका थिए ।

चिनियाँ नेताहरुसँगको भेटमा माओवादी  केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, देव गुरुङ र राम कार्की सहभागी थिए ।

आइतबार काठमाडाैं आएका  लिउ प्रचण्डसँग भेटवार्ताका लागि साेमबार  ४ बजे खुमलटार पुगेका थिए । दुई नेताबीच करिब २ घण्टा छलफल भएकाे थियाे । चिनियाँ नेताकाे सम्मानमा प्रचण्डले साेमबार साँझ हाेटल साेल्टीमा रात्रिभाेजकाे आयाेजना गर्दैछन्।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्ने कार्यक्रम छ । यसैगरी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दैछन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका  थिए । शिलापत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x