१२ मंसिर २०८३, शुक्रबार

अमेरिकाद्वारा श्रीलङ्काका राष्ट्रपतिको भिसा अनुरोध अस्वीकार

एसीपी संवाददाता

२९ असार २०७९, बुधबार ०७:१४ मा प्रकाशित

एजेन्सी । अमेरिकाले श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको भिसा अनुरोधलाई अस्वीकार गरेको छ । देशमा विरोध प्रदर्शन चर्किँदै गएपछि पद छोड्ने प्रतिबद्धता गरेर देशबाट भाग्ने प्रयास गरेको अनुमानका बीच राष्ट्रपति राजापाक्षेको भिसा अनुरोधलाई अमेरिकाले अस्वीकार गरेको ुद हिन्दूु ले एक उच्च अधिकारीलाई उद्धृत गर्दै लेखेको छ ।

यसअघि श्रीलङ्का र अमेरिकाका दोहोरो नागरिक रहेका गोटाबायाले सन् २०१९ को चुनावअघि अमेरिकी नागरिकता तागेका थिए । विदेशी नागरिक राष्ट्रपति पदका लागि उम्मेदवार हुन नपाउने कानुनका कारण उनले अमेरिकी नागरिकता त्यागेका थिए ।

राजापाक्षेले त्यो चुनाव भारी बहुमतका साथ जित्नुभयो तर नागरिकलाई थिचोमिचो गर्ने र एक गम्भीर आर्थिक सङ्कटका बीच उहाँ अवश्य पनि देशको सबैभन्दा अलोकप्रिय नेता बने ।

कोलम्बोमा रहेका एक अधिकारीले भनेका छन्, ‘उन (राजपक्ष) ले भर्खरैको घटनापछि अमेरिकालाई सुरक्षित मार्गको रूपमा रोजेका थिए तर यसलाई अस्वीकार गरिएको छ ।

श्रीलङ्कामा प्रदर्शनकारीले गएको शनिवारदेखि राष्ट्रपतिको भवन कब्जा गरेर बसेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x