१२ मंसिर २०८३, शुक्रबार

भारतमा कन्हैयालाल हत्याकाण्डमा ४० जना कसाईको खुलासा, नुपुर शर्माका समर्थकको किन घाँटी काटेको खुलासा

एसीपी संवाददाता

३० असार २०७९, बिहीबार १५:४४ मा प्रकाशित

एजेन्सी –  भारतको उदयपुरमा कन्हैयालालको हत्या सुनियोजित षडयन्त्रको हिस्सा भएको देखिन्छ । एनआईए अनुसन्धानले हत्यामा पाकिस्तानी संगठन दावत ए इस्लामीको हात रहेको खुलासा गरेको छ । यो संगठनले निरन्तर कट्टरवादको बीउ छर्न खोजिरहेको थियो। एजेन्सीले कट्टरपन्थीको माध्यमबाट हत्या गर्ने षड्यन्त्रको प्रमाण प्राप्त गरिरहेको छ।

नुपुर शर्मालाई समर्थन गर्ने व्यक्तिको टाउको काट्न सकियोस् भनेर राजस्थानमा यस संस्थाले ४० जनाको टोली पनि तयार पारेको कुरा पनि बाहिर आएको छ । पाकिस्तानी संगठन दावत-ए-इस्लामीले पनि अजमेरमा आपत्तिजनक धार्मिक पुस्तकहरू बिक्री गरिरहेको थियो। यसैबीच, व्हाट्सएप मार्फत मानिसहरूलाई तालिबानी शैलीमा तालिवानको टाउको काट्ने प्रशिक्षण दिइयो। अहिले दावत – ए – इस्लामी संगठनको नेपाल कनेक्सन समेत रहेको छ उक्त समुह नेपालमा समेत संगठन आफ्नो कार्यक्रम बिस्तार गरेको छ ।

भारतको सुरक्षा निकाय एनआईए र एटीएसले आतंकवादी रियाज र घौसको मोबाइलबाट फेला परेका पाकिस्तानका १० जनाको नम्बरको जाँचपछि यो खुलासा गरेको हो। एनआईएको प्रारम्भिक अनुसन्धानमा पाकिस्तानी सङ्गठन दावत–ए–इस्लामीले राजस्थानका ६ जिल्लामा नुपुर शर्माका समर्थकलाई पाठ सिकाउने मिसन बनाएको पनि खुलासा भएको छ । यी हत्याहरूबाट सिंगो देशमा डर पैदा गर्ने षड्यन्त्र भएको थियो ।

उल्लेखनीय छ कि गत असार २८ गते उदयपुरस्थित आफ्नो टेलर पसलमा गएका आरोपी रियाज र घौसले घाँटी काटेका थिए । लुगा सिलाउने बहानामा अभियुक्त भित्र पसेर मापनमा व्यस्त कन्हैयालाई छुरा प्रहार गरेका थिए । कन्हैयाको हत्यापछि फरार अभियुक्तले पहिले भिडियो भाइरल बनाए र त्यसपछि अजमेरतर्फ प्रस्थान गरेका थिए  । उनलाई बाटोमा राजसमन्दबाट पक्राउ गरिएको हो । एनआईए टोलीले जयपुरमा उनीसँग सोधपुछ गरिरहेको छ। हत्यामा संलग्न थप केहीलाई पक्राउ गरी पूरै संजालको खोजी भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x