भारतमा २ अर्ब डोज खोपको कीर्तिमान
नयाँ दिल्ली । भारतमा कोविड-19 महामारीको सामना गर्नका लागि जारी खोप कार्यक्रमले थप एक कोशेढुङा हासिल गरेको छ। कार्यक्रमको शुरूआतदेखि लगभग 18 महिनापछि भारतमा अहिलेसम्म 2 अरब भ्याक्सिन डोज लगाइएको छ।
केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले एक भीडियो सन्देशमा यस उपलब्धीको निम्ति देशवासीहरू र स्वास्थ्य कर्मीहरूलाई शुभकामना र धन्यवाद दिए।
उनले भने, ’16 जनवरी 2021 देखि शुरू भएको यस खोप कार्यक्रमले आज 200 करोड़ टीका लगाउने लक्ष्य हासिल गरेको छ। यो लक्ष्य हासिल गर्नु देश र देशवासीहरूको निम्ति गर्वको विषय हो। केवल 18 महिनामा हामीले यस लक्ष्यलाई हासिल गरेका छौं।
विश्वमा धेरै देश आजपनि कोविड महामारीसित जुझिरहेका छन्। त्यही, भारतले 200 करोड़ खोपको लक्ष्य हासिल गरी न केवल एक कीर्तिमान स्थापित गरेको छ तर विश्वलाई एक नयाँ दिशा पनि देखाएको छ’।
डब्ल्यूएचओ दक्षिण-पूर्व एशिया क्षेत्रीय निदेशक डा. पूनम खेत्रपाल सिंहले 2 अरबभन्दा धेरै कोविड-19 भ्याक्सिन डोज दिनका लागि भारतलाई बधाई दिएकी छन्। उनले भनिन्, ‘यो महामारी विरूद्ध देशको प्रतिबद्धता र प्रयासहरूको अझ् एक साक्ष्य हो’।


