१२ मंसिर २०८३, शुक्रबार
द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित
एजेन्सी, साउन । भारतमा द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
भारतमा सोमबार सम्पन्न राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतगणनाको तेस्रो चरणको मतपरिणाम आएसँगै द्रौपदी विजयी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।
हालसम्म गणना गरिएका ३ हजार २ सय १९ मतमध्ये मुर्मले २१६१ मत प्राप्त गरेकी छिन् भने सिन्हाले केबल १०५८ मत प्राप्त गरेका छन् ।यससँगै ६४ वर्षीया मुर्मु भारतको पहिलो जनजाती एवम् दोस्रो महिला राष्ट्रपति बन्न सफल भएकी हुन् ।
Subscribe
Login
0 Comments


