१२ मंसिर २०८३, शुक्रबार

गुलाम कस्मिर बनाउन लागेको आर्थिक करिडोरमा भारतको अआपत्ति

एसीपी संवाददाता

१० श्रावण २०७९, मंगलवार २१:३२ मा प्रकाशित

भारतीय विदेश मन्त्रालयले भन्यो : ‘यस्ता गतिविधि भारतको सम्प्रभुता र अखण्डताको उल्लंघन हो’

काठमाडौँ — चीन-पाकिस्तान इकोनोमिक करिडोर(सीपीईसी) परियोजनामा भारतले आपत्ति जनाएको छ । चीन र पाकिस्तानले उक्त परियोजनामा तेस्रो मुलुक पनि सहभागी हुन सक्ने बताइरहेका बेला भारतले आपत्ति जनाएको हो । मंगलबार भारतले वक्तव्य जारी गर्दै विरोध जनाएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘परियोजनामाथि सरकारले निगरानी राखिरहेको छ । कुनै पनि पक्षले गर्ने यस्ता गतिविधि भारतको सम्प्रभुता र अखण्डताको उल्लंघन हो ।’

प्रवक्ता बागचीले अगाडि भनेका छन्,’भारत सरकार तथाकथिक सीपीईसी परियोजनाको विरोध गर्दछ जुन पाकिस्तानका तर्फबाट गैरकानुनी तरिकाले कब्जा गरिएको भारतीय जमिन हो ।’ चीन र पाकिस्तानको पछिल्लो कदम गैरकानुनी भएको र यसलाई स्वीकार गर्न नसकिने बागचीको टिप्पणी छ । साथै उनले भारतले यसको उचित जवाफ दिने पनि बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x