१२ मंसिर २०८३, शुक्रबार

चीनमा बाढीका कारण ८० हजार मानिस विस्थापित, सयौं घर डुबानमा

एसीपी संवाददाता

१६ श्रावण २०७९, सोमबार ०८:२२ मा प्रकाशित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् ।

बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १६ सय हेक्टरको बालीमा पनि क्षति भएको छ । प्रान्तका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले थप बाढीको चेतावनी दिइएको छ ।

मुसलधारे वर्षा हुने क्रम जारी रहेकाले थप क्षति हुनसक्ने भन्दै ७० हजार मानिसलाई सुरक्षित स्थानतर्फ समेत सारिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x