१२ मंसिर २०८३, शुक्रबार

रजनी राई नागरिकता प्रकरण: दोषीमाथि कारबाहीको माग

एसीपी संवाददाता

१६ श्रावण २०७९, सोमबार ११:५० मा प्रकाशित

बारा । बाराको निजगढ नगरपालिका-१२ बाट एक विदेशी नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएको विषयमा दोषीमाथि कारबाहीको माग गर्दै रतनपुरका युवाहरूले साेमबार इलाका प्रशासन कार्यालय सिमरामा नाराबाजीसहित धर्ना र प्रर्दशन गरेका छन ।

सचेत युवा समूह रतनपुरीले प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०/६० जना युवाहरूको समूहले नागरिकताको लागि सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा कार्यालय सचिव शुभचन्द्र महतो र नक्कली आमा/आमा बन्ने जिरामाया र श्यामराज गोलेमाथि छानबिन गरी कारबाही माग गर्दै इलाका प्रशासन कार्यालयमा धर्ना र प्रदर्शन गरेका हुन ।

उनीहरूले सर्जमिन मुचुल्कामा सहीछाप गर्ने स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानमाथि पनि कारबाहीको माग गरेका छन ।

दोषीमाथि कारबाहीको माग गर्दै युवाहरूले गत ८ असारमा इलाका प्रशासन कार्यालय सिमरामा उजुरी गर्दा गरेका थिए । उजुरीमाथि कारबाही नभएपछि धर्ना र प्रदर्शन गर्नुपरेको स्थानीय रमण घिमिरेले बताए ।

कार्यालयका निमित्त प्रमुख शिव अचार्यले ईलाका प्रशासन कार्यालय प्रमुख मोहनप्रसाद अर्याल बिदामा बसेको र आएपछि छानबिन सुरु गरिने आश्वासन दिएपछि धर्ना स्थगित गरिएको जानकारी दिए ।

वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जलिङक घर भएकी २१ वर्षिया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गर्न रजनी हाल फरार रहेकी छिन । राईले नागरिकताको प्रमाणपत्र लिइसकेपछि वडा अध्यक्ष गोलेले नागरिकता खारेजीको लागि इलाका प्रशासन कार्यायलमा ४ असारमा निवेदन दिएका थिए ।

यसरी लिइन् भारतीय नागरिक रजनीले नेपाली नागरिकता

भारत दार्जिलिङकी २१ वर्षीया रजनी राई यतिबेला बारा प्रहरीको खोजी सूचीमा छिन् । नक्कली अभिभावक खडा गरेर नेपाली नागरिकता लिएको रहस्य खुलेपछि प्रहरीले उनको खोजी थालेको हो ।

सिमरास्थित इलाका प्रशासन कार्यालयबाट १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नागरिकता लिएकी रजनी त्यसयता सम्पर्कविहीन छिन् । निजगढ नगरपालिका-१२ ले दिएको सिफारिसका आधारमा रजनीले नागरिकता प्राप्त गरेकी हुन् ।

नागरिकता प्राप्त गर्न रजनीले नक्कली अभिभावक खडा गरेको र झुठो विवरण पेस गरेको रहस्य झण्डै एक महिनापछि मात्रै खुलेको थियो । निजगढ १२ रतनपुरका श्यामराज गोलेलाई बुबा र जिरामाया गोलेलाई आमा बनाउँदै २३ जेठमा रजनी गोलेको नाममा जन्मदर्ता बनाएकी उनले जन्मदर्ताको आधारमा नागरिकता लिन सफल भएकी हुन् ।

नागरिकता प्राप्त गर्न रजनीले नक्कली अभिभावक खडा गरेको र झुठो विवरण पेस गरेको रहस्य झण्डै एक महिनापछि मात्रै खुलेको थियो । निजगढ १२ रतनपुरका श्यामराज गोलेलाई बुबा र जिरामाया गोलेलाई आमा बनाउँदै २३ जेठमा रजनी गोलेको नाममा जन्मदर्ता बनाएकी उनले जन्मदर्ताको आधारमा नागरिकता लिन सफल भएकी हुन् ।

नागरिकता प्राप्त गर्न रतनपुरका गोले परिवारलाई प्रयोग गरेकी रजनीले २३ जेठमा जिरामायामार्फत जन्मदर्ताका लागि निवेदन दिएको र सोही दिन जन्मदर्ता प्राप्त गरेको देखिएको छ । १५ चैत २०५८  जन्म भएको उल्लेख गरेर रजनीले जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेकी थिइन् । तर, रजनी भारतीय नागरिक रहेको प्रमाण खुल्ने मतदाता परिचयपत्र र आधार कार्डमा उनको जन्म सन् १९८९/०३/२४ अर्थात वि.स. २०४५/१२/११ गते उल्लेख छ ।

जन्मदर्ताअघि रतनपुरस्थित अस्थायी प्रहरी चौकीमा सर्जमिन मुचुल्का तयार गरिएको थियो । उक्त सर्जमिन मुचुल्कामा यसअघि विविध कारण जन्मदर्ता हुन नसकेको उल्लेख गर्दै निजगढ नगरपालिका-१२ का वडासचिव शुभचन्द्र महतो, वडा सदस्य बुद्धिमाया विकसहित ८ जनाले हस्ताक्षर गरेका छन् । जिरामाया निवेदक रहेको सर्जमिन मुचुल्कामा गाउँका स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानले रजनी उनकै छोरी हो भनेर प्रमाणित गर्दै हस्ताक्षर गरेको देखिन्छ ।

सर्जमिन मुचुल्काको आधारमा जन्मदर्ता बनाइएको र सोही जन्मदर्ताको आधारमा २४ जेठमा रजनीले नागरिकताका लागि निवेदन दिएकी थिइन् । नागरिकता प्राप्त गर्नका लागि भरिने अनुसूची फारममा रजनीलाई अविवाहित रहेको प्रमाणित गरिएको छ । तर, रजनीको भारतीय आधार कार्डमा उनको पतिको नाम छेडुप सिंगर र भारतीय मतदाता परिचयपत्रमा उनको बुबाको नाम किशोर राई उल्लेख छ ।

नक्कली विवरण भरिएको अनुसूची फारमसहित निजगढ नगरपालिका-१२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले २४ जेठमा इलाका प्रशासन कार्यालयलाई नागरिकताका लागि सिफारिस गरेका थिए । सोही सिफारिसका आधारमा इलाका प्रशासन कार्यालयले रजनीलाई १ असारमा नागरिकता दिएको हो ।

वडाध्यक्ष गोलेले नक्कली अभिभावक र झुटो विवरणको विषयमा आफूलाई जानकारी नै नभएको बताए । ‘कागजपत्र सबै ठिक थियो, गाउँको चिनेकै मान्छे भएकाले सिफारिस गरेको हो,’ वडाध्यक्ष गोलेले भने, ‘तर अहिले भारतीय नागरिकले झुक्याएर नागरिकता लगेको जानकारी हुन आएको छ । त्यसैले बदरका लागि प्रक्रिया सुरु गरेको छु ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x