१२ मंसिर २०८३, शुक्रबार
भ्रष्टाचारको आरोप लागेका भारतीय सांसदलाई अदालतमा उपस्थित गराइँदै
एजेन्सी – भ्रष्टाचारको आरोपमा लागेका भारत महाराष्ट्रका प्रभावशाली नेता सञ्जय राउत अदालतमा उपस्थित हुने भएका छन्
भारत महाराष्ट्रको शक्तिशाली पार्टी शिवसेनाका प्रभावशाली नेता राउत भ्रष्टाचार तथा मुद्रा अपचलनको मुद्दामा पक्राउ परिसकेका छन् । केही दिन यता नेता राउतसँग सोधपुछ गरिरहेको प्रवर्तन निर्देशनालय (इडी) ले राउतलाई आइतबार पक्राउ गरेको हो । उनलाई सोमबार अदालतमा उपस्थित गराएर म्याद थप्ने तयारीमा इडी रहेको जनाइएको छ ।
इडीको टोलीले आइतबार उनको घरमा छापा समेत मारेको थियो । साेही क्रममा उनको घरबाट केही नगद बरामद गरेको जनाइएको छ । पात्राचाल हाउजिङ विकास कार्यक्रममा भएको ११ हजार करोडको घोटालामा नेता राउत संलग्न रहेको आरोप लगाइएको छ ।
नेता राउतले भाइ प्रवीण राउत मार्फत ठेक्कापट्टाको काम गराएर ठूलो रकम हात पारेको आरोपमा इडीले छानविन गर्दै आएको छ ।
Subscribe
Login
0 Comments


