२० आश्विन २०८३, मंगलवार
नेपाली र बंगलादेशी खेलाडिबीच कुटाकुट
उनले नेपालका कृतिश रत्न छन्जुमाथि फल गरेपछि नेपाली खेलाडीहरु आक्रोशित बनेका थिए। त्यही क्रममा दुवैतर्फका खेलाडीहरुबीच हात हालाहालको स्थिति बनेको थियो।हात हालाहालपछि रेफ्रीले बंगलादेशका साहिदुल स्लाम र नेपालका दिपेश गुरूङ र बेन्चमा रहेका रोहित सुब्बाले रातो कार्ड पाएका थिए।
मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी सुब्बाले पनि रातो कार्ड पाएका हुन्।दुवै टोलीका बेन्चमा रहेका प्रशिक्षक र अफिसियलले झगडा साम्य पारेका थिए ।
झगडाका दौरान नेपालका कृतिश रत्न छुन्जु र बंगलादेशका एक खेलाडी लडेका थिए। रेफ्रीले सहायक रेफ्रीद्वय र फोर्थ अफिसियलको सहयोगमा बंगलादेशका कप्तानलाई पहेंलो कार्ड तथा अन्य तीन खेलाडीलाई रातो कार्ड दिएका हुन् ।
Subscribe
Login
0 Comments


