३ भाद्र २०७९, शुक्रबार

निर्वाचनका लागि आयोगद्वारा आइतबारदेखि दल दर्ताको आह्वान

एसीपी संवाददाता

२१ श्रावण २०७९, शनिबार ०७:२५ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन्।

काठमाडौं ।  निर्वाचन आयोगले आइतबारदेखि अर्थात साउन २२ गतेदेखि दल दर्ताको आह्वान गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि समय दिएको छ । दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने आयोगले जनाएको छ।

सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकैचरणमा गर्ने निर्णय गरेसंगै आयोगले प्रक्रिया अगाडि बढाएको हो।

आयोगका अनुसार दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x