२० आश्विन २०८३, मंगलवार

भारतको प्रो-कबड्डी लिगमा नेपालका खेलाडी १० लाख भारूमा आबद्ध

एसीपी संवाददाता

२३ श्रावण २०७९, सोमबार ०६:४५ मा प्रकाशित

काठमाण्डौ, साउन –भारतको चर्चित कबड्‌डी लिग प्रो-कबड्डीमा नेपालका दुई खेलाडी आबद्ध हुन सफल भएका छन्।

नवौं सिजनका लागि शुक्रबार र शनिबार अक्सन भएको थियो। अक्सनमार्फत नेपालका नागेश्वर थारू र लालमोहर यादवलाई बैंगलुरू बुल्सले टिममा आबद्ध गरेको हो।दुवै जना १०-१० लाख भारूमा टिममा आबद्ध भएका हुन्।

यसअघि लालमोहरले गत सिजनको लिगमा पनि बैंगलुरूबाटै लिग खेलेका थिए। बैंगलुरुमा गत सिजन नेपालका अर्का खेलाडी सञ्जय श्रेष्ठ पनि आबद्ध भएका थिए।

प्रो कबड्डी लिगमा बैंगलुरूसहित १२ टिम आबद्ध छन्। नवौं सिजन केही महिनापछि हुने तय छ।

नवौं सिजनका लागि दुई दिन अक्सन गर्दै १२ टिमले खेलाडी भित्र्याएका छन्।

जसमा अमिरहुसेन बास्तोमी सर्वाधिक रकममा आबद्ध भएका छन्। उनलाई हरियणाले ६५ लाख १० हजार भारूमा टिममा भित्र्याएको छ। सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x