अबैध रुपमा भारतमा प्रवेश गर्न लागेको अवस्थामा दावत—ए—इश्लामी संगठन संग साँठगाँठ हुन सक्ने आशंकामा पाकिस्तानी युवती पक्राउ
महोत्तरी, २५ साउन । महोत्तरी सदरमुकाम जलेश्वर हुँदै भिठ्ठामोड नाका भएर भारत तर्फ प्रवेश गरिरहेको अवस्थामा एक पाकिस्तानी युवतीलाई सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिएको छ ।
सुरक्षा श्रोतका अनुसार दावत—ए—इश्लामी संगठन संग साँठगाँठ रहेको पाकिस्तानी युवती महोत्तरीको भिठ्ठामोड नाका भएर भारत विहारको सीतामढी जिल्लामा प्रवेश गरिरहेकै आवस्थामा शंका लाग्दा सीमामा तैनाथ एसएसबीले नियन्त्रणमा लिई प्रारम्भी अनुसन्धान गर्दा पाकिस्तानी नागरिक रहेको खुलाशा भएको हो ।
फैसलाबाद पाकिस्तान निवासी २५ बर्षिया खाजिदा नुर पाकिस्तानबाट साउन २१ गते दुबई एयरलाइन्सको फ्लाइट नम्वर ३४४ बाट दुबई पुगे सोही दिन उनी दुबई एयरलाइन्सको ५३९ नम्वरको फ्लाईटबाट दुबईबाट काठमाडौं आइपुगिन । उनले बोकेको पासपोर्ट नम्वर जिसि००००८८१ रहेको छ । २१ साउन शनिवार राति रात्रिबसबाट मधेश प्रदेशको सिरहा आईपुग जहाँ उनलाई सिरहा जिल्ला कल्याणपुर नगरपालिका ५ का मोहन साहको छोरा जीवनकुमार साहले २२ गते विहान रिसिभ गरेर सिरहकै कुनै होटलमा राखेर भोली पल्ट अर्थात साउन २३ गते महोत्तरीको जलेश्वर पुगे ।
जलेश्वरमा पहिला देखि नै किसान वाग, बाहदुरपुर जिल्ला हैदराबाद तेलंगानाका निवासी यवक सैयद महमुद उपस्थित थिए । उनीहरुको जलेश्वरमै भेट भयो । सैयदले युवतीलाई भारत प्रवेश गराउन नक्कली आधारकार्ड बनाएर राखेका थिए । साही आधारमा सैयदले युवती नुरलाई लिएर अघि बढेपछि नेपाली युवक पछि पछि भारत तर्फ लागे ।
भिठ्ठामोड नाकाबाट भारत तर्फ प्रवेश गरेर अघि बढ्ने क्रममा पाकिस्तानी युवतीको अनुहार हेर्दा एसएसबीलाई शंका लाग्दा त्यही महिला सुरक्षाकर्मीले बोलाएर सोधपुछ गर्दै जाँदा पाकिस्तानी महिला भएको पुष्टि भएपछि नेपाली युवक त्यहाँबाट भाग्न खोज्दा तिनलाई पनि नियन्त्रणमा लिइएको भारतीय सुरक्षा श्रोतबाट बुझिएको छ ।
भारतीय सुरक्षा अधिकारीहरुको श्रोतका अनुसार १५ अगस्तलाई सुरक्षाको मध्यनजर राख्दै सीमा क्षेत्रमा निकै कडाई गरिएको परिणाम स्वरुप पाकिस्तानी युवती नुरलाई नियन्त्रणमा लिन सफल भएका छौं । नुर फैसलाबाद स्थित जिसि ओमेन युनिभरसिटी फैसलाबादबाट विएस साइक्लोजी विषयमा ब्याचलर गरेको छ । दावत—ए—इश्लामी संगठन संग साँठगाठ रहेको युवती नुरको ४ सेप्टेम्वरको दुबई एयरलाइन्सको ५७६ नम्बरको फ्लाइटबाट साझ ७ बजे काठमाडौंबाट दुवई र सोही दिन राति ११.३५ मा ३४३ नम्वरको फलाइटले दुबई बाट फैसलाबाट फर्किने टिकट समेत फेला परेकोबाट थप शंका खडा गरिएको जाँच एजेन्सिले जनाएको छ ।
हालै भारतमा दावत—ए—इश्लामी संगठनको गतिविधि तिव्र बनेपछि अमन चैनको विरोधीहरु नेपालको बाटो प्रवेश गरेर भारतमा अपराधिक गतिविधि संचालन गर्न खुफिया रिपोर्टका आधारमा सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था अत्यतै चुस्त गरिएको बताइएको छ ।
पाकिस्तानी युवती नुर संगै नेपाली नागरिक साह र हैदरावादको युवक सैयद महमुदलाई सीतामढी सुरक्षा अधिकारीले रिमाण्डमा राखेर गहन अनुसन्धान जारी राखेको बुझिएको छ ।



