१२ मंसिर २०८३, शुक्रबार
चीनले आफ्नो बाचा फिर्ता लिदा ताईवान् बिच झन तनाव
एजेन्सी – चीनले टापु नियन्त्रणमा लिएमा ताइवानमा सेना वा प्रशासक नपठाउने वाचा फिर्ता लिएको छ, आधिकारिक दस्तावेजले पुष्टि गरेको छ ।
यो कदमले राष्ट्रपति सी जिनपिङले पहिले प्रस्ताव गरेको भन्दा कम स्वायत्तता दिने निर्णयको संकेत गर्दछ, रोयटर्सले भने । यसअघि चीनले ‘एक देश, दुई प्रणाली’ मोडलमा ताइवानले आफ्नो शासनमा फर्कन सक्ने प्रस्ताव गरेको थियो ।
अहिले चीन र ताईवान् बिच सैनय अभ्यास समेत चली रहेको बेला चीनको यो घोषणाले झन संकट उत्पन्न हुने छ । अमेरिकाले ताईवान् माथी हमला भएमा आफू चुप लागेर नबस्ने बताउदै आएको छ । यता चीनले ताईवानलाई जसरी आफ्नो कब्जा लिने बताएकाले एसियामा तनावग्रस्त स्थिति बन्दै गएको हो ।
Subscribe
Login
0 Comments


