३ असार २०८३, बुधबार

चीनले हिमालयका चार उडानमा लगायो रोक

एसीपी संवाददाता

३१ श्रावण २०७९, मंगलवार १३:०५ मा प्रकाशित

काठमाडौँ — काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार साउन १७ गतेको उडानमा नेपालबाट गएका यात्रुमध्ये ९ नेपाली विद्यार्थी र ६ चिनियाँ नागरिकको विमानस्थलमै भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएको हो ।

यति एयरलायन्ससँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई चीनले एक महिनाअघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौं–कुन्मिङ उडान अनुमति दिएको थियो ।

चीनले ‘कोभिड शून्य’को नीति लिएकाले विमानस्थलमै हरेक यात्रुको पीसीआर परीक्षण गर्दै आएको छ । एउटा उडानमा १० जना भन्दा बढी यात्रुमा कोरोना देखिएपछि उसले कारबाहीस्वरूप थप उडान गर्न दिँदैन । चीनले विमानस्थलमा हुने परीक्षणमा कोरोना देखिएमा बिरामीले १४ दिन निजी खर्चमै क्वारेन्टाइन र १६ दिन घर वा तोकिएको स्थानमा बस्नुपर्ने नियम बनाएको छ ।

कोभिडका कारण चीनले दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेको थियो । चीनले गत महिनादेखस छेन्दु र कुन्मिङका लागि सातामा एक–एक गरी नेपाल उडान खुला गरेको छ । चीन जाने यात्रुले काठमाडौंमा रहेका चारवटा अस्पतालमा पीसीआर परीक्षण गरेर मात्र यात्रा गर्न पाउँछन् । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x