७ बैशाख २०८१, शुक्रबार

चीनमा अत्याधिक तापक्रम वृद्धिका कारण उर्जा संकट

एसीपी संवाददाता

१ भाद्र २०७९, बुधबार १५:४३ मा प्रकाशित

एजेन्सी । अत्याधिक तापक्रम वृद्धिको चपेटामा परेको चीनले औद्योगिक प्रान्त सिछुआनका सबै उद्योगहरू ६ दिन बन्द गर्न आदेश दिएको छ ।

प्रान्तीय सरकारले उर्जा संकट टार्नका लागि उद्योगहरू बन्द गर्न आदेश दिएको हो । सिछुआनमा एप्पल, फक्सकोन र इन्टेललगायतका विश्व प्रसिद्ध कम्पनीहरूका कारखाना रहेका छन् । सोही प्रान्तका उद्योगहरू बन्द हुँदा विश्व बजारमा विद्युतीय सामाग्रीको अभाव हुनसक्ने आशंका गरिएको छ ।

साथै विद्युतीय कारको ब्याट्रिका लागि अत्यावश्यक लिथियम र सोलार प्यानलका लागि आवश्यक पोलिसिलिकनका प्रशोधन केन्द्र पनि सोही प्रान्तमा रहेका छन् । विगत ६० वर्षमा सबै भन्दा बढी तापक्रम वृद्धिको चपेटामा परेको चीनका दर्जनौं शहरमा अहिले तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको छ । जसका कारण जनजीवन कष्टकर बनेको छ भने उर्जा संकट पनि बढेको छ ।

सिछुआनका साथै, चियाङ्सु,आन्हुई र चचियाङ प्रान्तमा उर्जा संकट देखिएको छ । केही प्रान्तीय सरकारहरूले सडकमा बत्ति नबाल्न समेत आदेश जारी गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x