१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन जी २० सम्मेलनमा सहभागी हुने

एसीपी संवाददाता

४ भाद्र २०७९, शनिबार ०६:४८ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चीनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी नोभेम्बरमा जी २० सम्मेलनमा सहभागी हुने भएका छन् ।

दुवै जना राष्ट्रपति बालीमा हुने जी २० सम्मेलनमा सहभागी हुने तयारीमा रहेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गर्नुभएको हो । सोही सम्मेलनमा दुवै जना राष्ट्रपति सहभागी हुने विषयमा औपचारिक पुष्टि भएको यो पहिलो पटक हो ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि युद्ध सुरु गरे यता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो । यो सम्लेनमा विभिन्न राष्ट्रका नेताहरुको सहभागिता रहने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x