११ आश्विन २०८३, आईतवार

चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

एसीपी संवाददाता

४ भाद्र २०७९, शनिबार ०६:५६ मा प्रकाशित

चीनको सांघाइस्थित एक अदालतले चिनियाँ मूलका क्यानेडियन अर्बपति सिआओ जिआनहुआलाई ठगी तथा सम्पत्ति हिनामिना गरेको आरोपमा १३ वर्षको जेल सजाय तोकेको छ ।

साथै उनको टुमरो होल्डिङ्स कम्पनीलाई ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना तोकेको छ ।

सिआओ र उनको कम्पनी कम्पनीमाथि सार्वजनिक निक्षेपहरू गैरकानुनी रूपमा शोषण गर्ने, सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने र कोषको अवैध प्रयोग एवं घुसखोरीको आरोप लगाइएको छ ।

शुक्रबार उनीमाथि ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना अदालतले सुनाएको छ । साथै उनले वित्तीय व्यवस्थापन सम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको र राज्यको वित्तीय सुरक्षामा चोट पुगेको अदालतको फैसलामा भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x