१२ मंसिर २०८३, शुक्रबार

मोगादिसुको हयात होटलमा चालिस भन्दा बढीको मृत्यु

एसीपी संवाददाता

६ भाद्र २०७९, सोमबार ०५:३९ मा प्रकाशित

अल–शबाब आतङ्ककारीहरूले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

अल–शबाब आतङ्ककारीहरूले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान भएकाे थियाे।

अल–कायदा आतङ्ककारी समूहसँग आबद्ध अल–शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ र अझै पनि देशको दक्षिणी र मध्य भागकाे ठूलो भूभाग नियन्त्रण गरिरहेको छ।

भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको  कडा शब्दमा निन्दा गरेको छ। यसले पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ। भारत सोमालियाको सरकार र जनताको आतङ्कवादविरुद्धको लडाईमा साथ रहने आश्वासन दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x