१२ मंसिर २०८३, शुक्रबार
जनताको साथमा कांग्रेस’ अभियानका लागि बाँकेमा दीपक गिरी
नेपालगञ्ज । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दैछ ।
कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । भदौ २४ सम्म चल्ने अभियानका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ ।
बाँकेमा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य दीपक गिरी खटाइएका छन् । जिल्ला सभापति नारायणप्रसाद गौडेलले गिरी केन्द्रीय प्रतिनिधिका रुपमा आउन थालेको जानकारी दिए । स्थानीय निर्वाचन लक्षित ‘घर घर जाऔं-कांग्रेस जिताऔं’ अभियानका लागि पनि गिरी बाँकेमै खटिएका थिए ।
केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्नेछ ।
Subscribe
Login
0 Comments


