१२ मंसिर २०८३, शुक्रबार

भारतमा विश्वकै अग्लो रेलवे पुल सम्पन्न हुँदै

एसीपी संवाददाता

१० भाद्र २०७९, शुक्रबार ०७:१२ मा प्रकाशित

एजेन्सी –  भारतले मणिपुर राज्यको राजधानी इम्फाल नजिकै विश्वकै सबैभन्दा अग्लो रेलवे पुल निर्माण गरिरहेको छ ।

इम्फाल र जिरीविम जोड्ने एक सय ११ किलोमिटर रेलवे लाइनको नोने भन्ने स्थानमा विश्वकै अग्लो रेलवे पुल निर्माण सम्पन्न हुने क्रममा रहेको हो ।

करिब ७५ प्रतिशत काम पूरा भईसकेको यो पुलको उचाई एक सय ४१ मिटर रहेको छ भने लम्बाई सात सय तीन मिटर रहेको छ ।

पहाडी राज्य मणीपुरमा निर्माणाधीन यस रेलवे लाइनमा ५२ वटा सुरुङमार्ग रहेका छन् भने एक सय २९ वटा पुल मध्ये ११ वटा ठूला पुल रहेका छन् । ती मध्येकै नोनेपुल सबैभन्दा उच्च स्थानको पुल भएको भारतीय रेलवेले बताएको छ ।

यो पुल निर्माणपछि १२ घण्टा लाग्ने यात्राको दूरी साढे दुई घण्टामा छोटिने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x